
नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेस आइका नेता राहुल गान्धीलाई सोमबार सम्पत्ति शुद्धीकरणको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को कार्यालयमा सोधपुछको लागि बोलाइएको छ ।
गान्धी ईडीको कार्यालयमा पुग्नु अघि विपक्षी नेताहरू पार्टी मुख्यालयमा भेला भए र उनको समर्थनमा विरोध शुरु गरेका थिए।
गान्धीसँगै उनकी बहिनी प्रियङ्का गान्धी वाड्रा, काङ्ग्रेस पार्टीका अन्य वरिष्ठ नेताहरू र दर्जनौं कार्यकर्ताले सरकारविरुद्ध नारा लगाएका थिए। सडकमा अराजक दृश्य देखिएको थियो । प्रदर्शनकारीहरूलाई पार्टी मुख्यालयको ब्यारिकेडहरूमा रोकिएको थियो र थुप्रैलाई हिरासतमा राखिएको थियो।
दिल्ली ट्राफिक प्रहरीले सोमबार राष्ट्रिय राजधानीका बासिन्दाहरूलाई प्रदर्शनको क्रममा केही सडकहरूबाट जोगिन आग्रह गर्दै सूचना जारी गरेको थियो ।
यस मामिलामा काङ्ग्रेस पार्टी प्रमुख सोनिया गान्धीलाई पनि छानबिन एजेन्सीले बोलाएको छ। कोभिड-१९ सङ्क्रमण देखिएपछि उनले थप समय मागेकी थिइन्। त्यसपछि एजेन्सीले उनलाई जुन २३ का लागि बोलाएको छ ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा