
मारिउपोल, यूक्रेन । पूर्वी यूक्रेनका रूस समर्थक समूहका एक नेताले यूक्रेनी सेनालाई सहयोग गरेको आरोपमा पक्राउ परेका दुई बेलायतीमाथिको मृत्युदण्डको सजायमा कुनै फेरबदल नहुने बताएका छन् ।
“तिनीहरू पैसाको लागि सर्वसाधारणलाई मार्न यूक्रेन आए । त्यसैले उनीहरुमाथि तोकिएको सजायमा कुनै कमी वा परिमार्जनको म कुनै सम्भावना देख्दिनँ,” उनीहरूलाई मुद्दा लगाउने पृथकतावादी डोनेट्स्क क्षेत्रका नेता डेनिस पुशिलिनले आइतबार सञ्चारकर्मीसँग बताएका छन् ।
पुशिलिनले भने, “अदालतले तीन जना लडाकूलाई ‘पूर्ण न्यायोचित सजायँ’ को घोषणा गरेको छ ।”
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई उनीहरूको भाग्यलाई बेवास्ता गरेको र पृथकतावादी अधिकारीहरुसँग सम्पर्क गर्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो ।
दुई बेलायती र एक मोरक्कोका नागरिकलाई रुस समर्थक समूहले पक्राउ गरी मृत्युदण्डको सजायँ सुनाएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले बेलायती नागरिकहरू एडेन अस्लिन र शाउन पिनर र मोरोक्को ब्राहिम साडुनलाई सुनाइएको मृत्युदण्डको फैसलाले आफूलाई ‘आश्चर्य’ मा पारेको बताउनुभएको थियो ।
प्रवक्ताले भन्नुभयो, “यो कुरा स्पष्ट छ कि तिनीहरू यूक्रेनी सशस्त्र फौजका सदस्यहरू थिए र त्यसकारण तिनीहरू युद्धबन्दी हुन् । डोनेट्स्कका पृथकवादी अधिकारीहरूले उनीहरूलाई आरोप लगाए झैँ उनीहरू पैसाका लागि लड्न त्यहाँ गएका होइनन् ।”
अस्लिन र पिनरका परिवारका अनुसार यी दुई पुरुष सन् २०१८ देखि यस यूक्रेनमा बसोबास गर्दै आएका हुन् ।
शुक्रबार संयुक्त राष्ट्रसंघले रूस समर्थक युक्रेनी विद्रोहीहरूले कैदीहरूविरुद्ध मृत्युदण्ड सुनाएकोमा चिन्ता व्यक्त गरेको थियो ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान