
कियभ । बेलायतका रक्षामन्त्री वेन बालेसले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताउनुभएको छ । युक्रेनमा रुसी सेनासित लड्न सैनिक सामग्रीको अभाव भइरहेको समाचार आइरहेको बेलामा रक्षा मन्त्री वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
हाल बेलायतको भ्रमणमा रहनुभएका युक्रेनका रक्षा मन्त्रीसँगको भेटघाटपछि बेलायती रक्षा मन्त्री वालेसले सो कुराको जानकारी दिनुभएको हो । शनिबार उहाँहरु बीच भएको भेटका क्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षा मन्त्रीले जानकारी गराउनुभएको थियो ।
अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप वृद्धि गरिने बेलायती रक्षा मन्त्री वालेसले जानकारी दिनुभयो । अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग लडाइँ गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताउनुभएको थियो ।
गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणका क्रममा प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग