
लण्डन । युक्रेनमा रुसी आक्रमणविरुद्ध लड्न जाँदा रुसी सेनाद्वारा पक्राउ परेका दुई बेलायती नागरिकलाई मृत्युदण्डको सजायँ सुनाइएको छ ।
२८ वर्षीय आइडेन अस्लिन र ४८ वर्षीय साउन पिनरलाई युक्रेनबाट अलग्गिएको दाबी गरेको दोन्सत्क पिपल्स रिपब्लिकको अदालतले मृत्युदण्डको सजायँ सुनाएको हो । उनीहरुलाई भाडाको सिँपाहीको आरोप लगाइएको छ ।
उनीहरुलाई युक्रेनको मारियोपुल इलाकाबाट अप्रिल महिनामा रुसी सेनाले पक्राउ गरेका थिए ।
रुसी सञ्चारसंस्था इन्टरफ्याक्सका अनुसार उनीहरुमाथि सत्ता हत्याउने प्रयास गरेको साथै दोन्सत्कको संवैधानिक संरचना फाल्न खोजेको आरोप लगाइएको छ ।
स्काइ न्युजका अनुसार अस्लिनले अनुसन्धानमा सहयोग गरेको तथा आत्मसमर्पण समेत गरेको हुनाले न्यायपूर्ण फैसला हुने अपेक्षा गरेको बताएका छन् । उनले यसभन्दा फरक सजायँको अपेक्षा गरेको भन्दै भगवानले समय आएपछि आफ्नो कार्यको मूल्यांकन गर्ने धारणा व्यक्त गरे ।
उनीहरुसँगै एक मोरक्कोका नागरिक साउदुन बाहिमलाई पनि मृत्युदण्ड सुनाइएको छ ।
समाचार संस्थाहरुका अनुसार उनीहरुलाई अपील गर्न एक महिनाको समय दिइएको छ ।
युक्रेनमै पक्राउ परेका अर्का बेलायती नागरिक आन्ड्रयू हिलका बारेमा सजायँ सुनाउन बाँकी छ ।
बेलायतले तथाकथित अदालतको सजायँको आलोचना गरेका छन् । बेलायती नागरिकहरु युद्धबन्दी भएको जिकिर गर्दै बेलायतले उनीहरुलाई मानवीय व्यवहार गरिनुपर्ने माग गरेको छ ।
पिनर पूर्व बेलायती सैनिक हुन् भने अस्लिन पूर्व केयर वर्कर हुन् । उनी सन् २०१८ मा युक्रेन गएका हुन् । उनीसित बेलायत र युक्रेनको नागरिकता रहेको बताइएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]