
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन ब्रान्च (बीसीसीएलबी)ले खाना स्टलमार्फत गुम्बाका लागि १० हजार पाउन्ड संकलन गरेको छ ।
तमुधिं यूकेको आयोजनामा जुन ४ तारिख २०२२ मा अल्डरसटमा भएको गोर्खा कपमा राखिएको खाना स्टलबाट १० हजार पाउन्ड जम्मा भएको कार्यक्रम संयोजन तथा व्यवस्थापन आमा प्रमुख दिलमाया गुरुङले जानकारी दिइन् । अध्यक्ष गोपाल तामाङ र आमा प्रमुख दिलमाया गुरुङको नेतृत्वमा रहेको बीसीसीएलबीले लन्डनवासी बौद्ध धर्म अनुयायीहरुका लागि गुम्बा आवश्यक रहेको विषयलाई मध्यनजर गर्दै सहयोगका लागि खाना स्टल राखेका थिए ।
सिमसिमे पानीसँग सुरु भएको गोर्खा कपमा विस्तारै मौसम खुल्दै गएपछि खानाको व्यापार पनि वृद्धि भएको गुरुङले बताइन् । उनले सेलरोटी, चिया र मम ग्राहकलाई पुर्याउन हम्मेहम्मे परेको सुनाइन् । उनले भनिन्, ‘२० किलो चामलको पीठो,आलुदम, अचार र चिया दिदीबहिनीहरुले घरबाटै बनाएर ल्याउनुभएको थियो ।’
‘टेन्टभित्र उपस्थित भएका दिदीबहिनीहरुको कडा मेहनत, दाजुभाइहरुको साथ र सहयोग, कार्यक्रममा उपस्थित नभए पनि चन्दा दिनुहुने दाताहरु र बीसीसी यूकेको साथ र सहयोगले लन्डन शाखाले १०हजार पाउन्ड आम्दानी गर्न सफल भएको हो’, उनले भनिन् । उनका अनुसार पुण्य कामका लागि गरेको दुःखको आम्दानीप्रति आमाहरु खुसी बनेका छन् ।
बीसीसीएलबीका अघ्यक्ष गोपाल तामाङ र संयोजक तथा आमा प्रमुख दिलमाया गुरुङले कार्यक्रम सफल हुनुमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने संस्थाका सदस्यलगायत बीसीसी यूके र अवसर जुराइदिने तमुधिंसहित सबैलाई धन्यवाद दिएका छन् ।

बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ