
लण्डन । बेलायतको आर्थिक वृद्धिद्धर विकसित राष्ट्रहरुमध्ये सबैभन्दा सुस्त हुनसक्ने प्रक्षेपण गरिएको छ ।
द अर्गनाजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेण्ट (ओइसिडी)ले सो प्रक्षेपण गरेको हो ।
ओइसिडीका अनुसार यो वर्ष बेलायतको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने छ भने अर्को साल शुन्य प्रतिशत रहने छ ।
यो विश्वका विकसित राष्ट्रहरुमध्येको सबैभन्दा कम्ती आर्थिक वृद्धिदर हो ।
बेलायत उच्च ब्याजदर, उच्च करको दर, घट्दो व्यापार, खाद्यान्न तथा उर्जाको चर्को मूल्यको दबाबका कारण सुस्त आर्थिक वृद्धिको बाटोमा पुगेको ओइसिडीका प्रमुख अर्थशास्त्री लरेन्स बुनले बताएका छन् ।
ओइसिडीले मुद्रास्फिति यो वर्षको अन्त्यसम्ममा १० प्रतिशत नाघ्ने र अर्को वर्षको अन्त्यबाट मात्र घट्ने अनुमान गरेको छ ।
यस्तै, बैँक अफ इंग्ल्याण्डले आधारभूत ब्याज दर यस वर्षको अन्त्यसम्ममा १० प्रतिशतसम्म पुर्याउन सक्ने ओइसिडीको अनुमान छ । ब्याजर दर अर्को वर्षको अन्त्य सम्ममा ४.७ प्रतिशतमा झर्न सक्ने बताइएको छ ।
विश्व बैँकले विश्वको आर्थिक वृद्धिदर ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झार्ने प्रक्षेपण गरेको छ । ओइसिडीले अर्जेण्टिना र अष्ट्रेलियाको मात्र आर्थिक वृद्धिदर पूर्व प्रक्षेपण गरिएको भन्दा वृद्धि हुने आँकलन गरेको छ ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान