
लण्डन । बेलायतमा हप्तामा चार दिन काम गर्दा कस्तो नतिजा आउने रहेछ भनेर आजदेखि परीक्षण शुरु गरिएको छ ।
पाउँदै आएको तलव नघट्ने तर काम गर्ने दिन मात्र घटाउँदा कस्तो प्रभाव पर्नेरहेछ भनेर अध्ययन शुरु गरिएको हो । यस योजनामा बैँकहरु, अतिथि सत्कारका क्षेत्र, हेरचाह र एनिमेसन स्टूडियो लगायत ७० कम्पनीका ३ हजारभन्दा बढी कर्मचारीहरु सामेल छन् ।
६ हप्तासम्म चल्ने यस अध्ययनलाई हालसम्मकै विश्वको सबैभन्दा ठूलो परीक्षणका रुपमा लिइएको छ । यस अध्ययनमा विश्वविद्यालयका अनुसन्धाताहरु र रोजगारदाताहरुले संयुक्तरुपमा नयाँ कार्यतालिकाको प्रभावकारिता र कर्मचारीहरुको स्वास्थ्यवस्थाको बारेमा बुझ्न पाउनेछन् । यसका साथै वातावरण र लैङ्गीक समानताका बारेमा पनि अध्ययन गर्नेछन् ।
यस अनुसन्धानका प्रमुख अनुसन्धाता जुलियट श्वोरले चार दिन कामलाई सामान्यता तीनतिरबाट लाभ दिनसक्ने नीति ठानिएको बताएकी छिन् । जसमा कर्मचारी, रोजगारदाता र वातावरणलाई मद्दत पुग्ने ठानिएको उनले थपिन् ।
फो डे वीक ग्लोबलका प्रमुख कार्यकारी जो ओकोनरले बेलायत विश्वभर चार दिन मात्र काम गर्ने अभियानको उच्चतम विन्दुमा रहेको बताए । महामारीका कारण मानिसहरुले घरबाटै काम गरेका कारण पनि यस अवधारणाले गति पाएको उनको भनाइ छ ।
चारदिन मात्र काम गर्ने अवधारणा कोभिडभन्दा अगाडी नै आएको हो । लेबर पार्टीका तत्कालिन नेता जेरेमी कोर्बिनले सन् २०१९ को आमचुनावको घोषणा पत्रमा यो अवधारणा राखेका थिए ।
यस अनुसन्धानमा सहभागी च्यारिटी बैँकका प्रमुख कार्यकारी अधिकृत एड सिगल महामारीपछि चार दिन काममा फर्कनु सामान्यवस्था ठान्छन् । पाँच दिन काम बीसौँ शताब्दीको अवधारणा भन्दै उनले यो एक्काइसौँ शताब्दीको व्यापारमा उचित नहुने बताए ।
उही तलबमा चार दिन काम गर्दा कामदारमा खुशी ल्याउने र त्यसले व्यापार उत्पादन, ग्राहकको अनुभव र सामाजिक वातावरणमा पनि सकारात्मक परिणाम दिने विश्वास उनले व्यक्त गरे ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल