
लन्डन । बेलायतका प्रधानमन्त्री जोनसनले सत्तारुढ कन्जरभेटिभ पार्टीमा विश्वासको मत लिने भएका छन् ।
आज साँझ ६ बजेदेखि ८ बजेसम्म सांसदहरुले बोरिस जोनसनलाई पार्टीको नेता कायम राख्ने कि नराख्ने भन्ने बारेमा मत दिने छन् ।
उनको नेतृत्वप्रति विश्वास नरहेको जनाउँदै ५४ जना सांसदहरुले पार्टीको १९२२ कमिटीमा पत्राचार गरेपछि जोनसनले विश्वासको मत लिनु पर्ने अवस्था सृजना भएको हो ।
तथापि उनको वर्तमान मन्त्रीमण्डलका अधिकांश सदस्यहरुले जोनसनप्रति समर्थन व्यक्त गरेका छन् ।
जोनसनलाई नेताबाट हटाउनका लागि उनका विरुद्ध आएको अविश्वासको प्रस्ताव पारित हुन १८० जना सांसदले मत दिनुपर्नेछ ।
कोरोना कालमा प्रधानमन्त्रीको कार्यालयमा श्रृङ्खलावद्ध भोज गरेको पाइएपछि जोनसनप्रति पार्टीभित्रबाटै अविश्वास बढेर गएको छ । जसका कारण जोनसन नेतृत्वको कंजरभेटिभ पार्टीले मेमा भएको स्थानीय चुनावमा पनि धेरै सिट गुमाउनु परेको छ भने संसदका रिक्त सिटहरुमा भएका उपनिर्वाचनमा पनि पराजय व्यहोर्नु परेको छ ।
प्रधानमन्त्री कार्यालय र निवासमा भएको भोजका लागि जोनसनले गठन गरेको सु ग्रेको प्रतिवेदनले पनि उनलाई दोष ठहर गरेको छ भने प्रहरीले पनि जरिवाना गरिसकेको छ । त्यसपछि जोनसनले मन्त्रीहरुले पालना गर्नुपर्ने निर्देशिका नै परिवर्तन गर्दै त्यस्तो निर्देशिका उल्लंघन गरेमा पदबाट राजिनामा दिन नपर्ने, तलव कटाउने वा माफी माग्ने प्रावधान राखेका छन् ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता