
बेइजिङ । चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ ।
सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ–१४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको छ ।
सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको अन्तरिक्ष कार्य परियोजनाले जनाएको छ । परियोजनाले यो प्रक्षेपण चीनको अन्तरिक्ष यात्राको अर्को सफलता हो ।
चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना शुरू भएदेखि यो २३औं अन्तरिक्ष यान प्रक्षेपण हो । साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो हो ।
यस पटकको प्रक्षेपणपछि अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनको थान ह नामक केन्द्रीय केबिनमा प्रवेश गर्ने र त्यहाँ आगामी ६ महिनासम्म बस्ने योजना रहेको छ । यी अन्तरिक्ष यात्रीहरू, चेन डोङ, लिउ याङ र काई सुझे,ले चीनको अन्तरिक्ष स्टेशनको मर्मतसम्भार गर्ने साथै वैज्ञानिक अध्ययन गर्ने योजना पनि बनाइएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]