
बेइजिङ । चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ ।
सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ–१४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको छ ।
सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको अन्तरिक्ष कार्य परियोजनाले जनाएको छ । परियोजनाले यो प्रक्षेपण चीनको अन्तरिक्ष यात्राको अर्को सफलता हो ।
चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना शुरू भएदेखि यो २३औं अन्तरिक्ष यान प्रक्षेपण हो । साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो हो ।
यस पटकको प्रक्षेपणपछि अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनको थान ह नामक केन्द्रीय केबिनमा प्रवेश गर्ने र त्यहाँ आगामी ६ महिनासम्म बस्ने योजना रहेको छ । यी अन्तरिक्ष यात्रीहरू, चेन डोङ, लिउ याङ र काई सुझे,ले चीनको अन्तरिक्ष स्टेशनको मर्मतसम्भार गर्ने साथै वैज्ञानिक अध्ययन गर्ने योजना पनि बनाइएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना