
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुले समान पेन्सनको माग राख्दै आन्दोलनमा होमिएको दशौँ वर्ष भइसकेको छ । यस आन्दोलनमा नेपाल तथा नेपालबाहिरका धेरै नै सेलिब्रिटीहरुले ऐक्यवद्धता र समर्थन जनाइसकेका छन् । प्रख्यात अभिनेत्री जोअना लम्ले यसको एक उदाहरण हुन् । यसै क्रममा नेपाली चलचित्रकी अभिनेत्री दीया पुनले नौलो किसिमले गोरखाहरुको आन्दोलनमा ऐक्यवद्धता प्रकट गरेकी छिन् ।
पूर्व गोरखा क्याप्टेन उमेशकुमार पुन एमभीओकी छोरी समेत रहेकी पुनले हालै गरेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा उनले सगरमाथाको चुचुरोबाटै गोरखाहरुको समानताको अभियानमा समर्थन व्यक्त गरेकी छिन् ।
सोसल मिडियामा व्याप्त करिब २० सेकेण्ड लामो भिडियोमा उनले भनेकी छिन्, “नमस्ते म रिटायर्ड क्याप्टेन उमेशकुमार पुन एमभीओकी छोरी हुँ । म सबै गोरखा सैनिकहरुको तर्फबाट समान पेन्सनको अधिकारका लागि संसारको सबैभन्दा अग्लो भागमा उभिइरहेको छु ।”
अभिनेत्री पुनले आरोहणका क्रममा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस टुगेदर, कोलचेष्टर एण्ड इप्स्विच अस्पताल च्यारिटी र नेपालमा बालबालिकाका लागि कार्यरत चिल्ड्रेन एण्ड युथ फष्ट नामक संस्थाका लागि सहयोग संकलन गरेकी छिन् ।
बेलायतको कालचेष्टरमा बसोबास गर्ने पुन पेशाले नर्स हुन् । दयारानी, मिष्टर झोले, वीरविक्रम, ह्याप्पी डेज लगायतका चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री पुन अभिनित चलचित्र मन्त्र पनि चाँडै प्रदर्शनमा आउने क्रममा छ ।
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]