
कीभ । रूसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाहयरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ ।
यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा यूक्रेन आक्रमणका लागि आफ्नो फौजलाई आदेश दिएदेखि हजारौं मानिसहरू मारिएका छन् । लाखौं मानिसहरू आफ्नो गाउँ, शहर वा बासस्थान छोडेर भाग्न बाध्य भएका छन् ।
यूक्रेनी शहरहरू भग्नावशेषमा परिणत भएका छन् ।
एक करोड २० लाख यूक्रेनी विस्थापित हुँदा करिब ६८ लाख मानिसले यूक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन् भने ८० लाख मानिस आन्तरिक रूपमै विस्थापित भएका छन् ।
ठूलो मानवीय संकटमा फसेको यूक्रेनमा हरेक सेकेन्डमा एक बच्चा युद्ध शरणार्थी बनिरहेको बताइएको छ । रूसलाई घेराबन्दी गर्न पश्चिमा देशहरूले पनि लगातार नाकाबन्दी कडा गर्दै लगेको बताएका छन् । रूसले प्रत्यक्ष फाइदा नपाएसम्म तत्काल युद्ध रोक्ने लक्षण देखाएको छैन भने यूक्रेन पनि आफ्ना सहयोगी पश्चिमी मुलुकहरूको बलमा रूससमक्ष लडिरहेको छ । आत्मसमर्पण गर्ने कुनै सङ्केत देखाएको छैन ।
गत फेब्रुअरी २४ मा यूक्रेनमाथि तीन तिरबाट आक्रमण थालेको रूसले युद्धमा विजय नपाए पनि यूक्रेनको जनजीवन भने अस्तव्यस्त बनेको छ ।
सुरूमा पूर्वी यूक्रेनसँगै राजधानी कीभलाई लक्षित गरी आक्रमण गरिएको थियो । केही दिनमै यूक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी यूक्रेनमा आक्रमण केन्द्रित छ ।
ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ । शान्त र सुन्दर यूक्रेन खण्डहरमा परिणत भएको छ । यस युद्धमा क्रमशः पूर्वी यूरोप र बाँकी विश्व पनि तानिएको छ । संसारभरकै जनजीवनमा असर पुग्न थालेको छ । यूक्रेनले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाउँदा बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ ।
रूसी आक्रमणका कारण यूक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना ध्वस्त भएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]