
लण्डन। बेलायतका मध्य तथा दक्षिण एसिया, उत्तर अफ्रिका, संयुक्त राष्ट्रसंघ र मानवअधिकार समेत हेर्ने विदेश मन्त्री लर्ड अहमदले बुधबार लण्डनस्थित नेपाली दुतबासको भ्रमण गरेका छन् ।
उनले बेलायतका लागि राजदुत ज्ञानचन्द्र आचार्यसँग भेट गरी व्यापार तथा लगानीमा बारेमा दुई देशका साझा प्रतिवद्धता लगायतका विषयमा छलफल गरेको बताएका छन् । साथै स्वच्छ उर्जा क्षेत्रमा व्यापार सम्झौताका बारेमा पनि विमर्श भएको बताएका छन् ।
यसबाहेक दुई देशको ऐतिहासिक र मजबुत सम्बन्धलाई अझ बलियो बनाउने बारेमा पनि छलफल भएको बताइएको छ ।
दुताबासका प्रवक्ता श्रीमती रोशन खनालले कोप २६को अध्यक्षसमेत रहेकाले अहिले बेलायतको नेपालमा हाइड्रोपावरमा लगानीका बारेमा मन्त्री अहमदले चासो देखाएको जानकारी दिइन् ।
बेलायतले पहिले सीडीसी नामक संस्थाबाट नेपालमा लगानी गरिरहेकोमा अहिले बीआइआइ संस्थाबाट लगानी गर्ने गरेको छ ।
मन्त्री अहमद केही साताअघि नेपाल जाने योजना रहेकोमा कोभिडका कारण देखाउँदै स्थगित भएको थियो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ