
स्कटल्याण्ड। गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले हालै काउडेनबिथमा गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने र आफू र सरकारको तर्फबाट नागरिकताको विषयलाई टुंगोमा पुर्याउने विषयमा सक्दो पहल गर्ने बताउनु भयो।
उक्त कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले प्रवासीको नेपालमा लगानीको उचित वातावरणको लागि गैर आवासीय नेपालीहरुको नागरिकता र सम्पत्तिको सुनिश्चितता गरिनुपर्ने तथा यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनु भयो । यसैगरी राज्य परिषद्का संरक्षक भोला खनालले नेपालमा प्रवासी नेपालीहरूको लागि लगानीको धेरै सम्भावना र अवसर भएको र सम्भाव्यता खोजी गर्नुपर्ने बताउनु भयो।
स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्कटल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। राज्य परिषद्का उपाध्यक्ष उज्वल कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन राज्य परिषद्का संस्थापक सचिव कृष्ण दाहालले गर्नुभएको थियो।

तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]