
लन्डन। नेपाल पत्रकार महासंघ यूकेभित्रको विवाद अन्त्य भएको छ । गतवर्ष सम्पन्न शाखाको पांचौं अधिवेशनपछि देखिंदै आएका असन्तुष्टिहरुलाई सम्बोधन गर्दै आइतबार सहमति गरिएको छ।
चार बुँदे सहमति पत्रमा शाखाका अध्यक्ष ध्रुवराज अर्याल र असन्तुष्ट समूहका तर्फबाट विपिन निरौलाले हस्ताक्षर गरेका छन्।
शाखाको ध्रुवराज अर्याल नेतृत्वको कार्यसमितिलाई एकतावद्ध रुपमा सहयोग गर्ने, विपिन निरौला नेतृत्वका समितिका सबै गतिविधि बन्द गर्ने र निरौला शाखाको पूर्व अध्यक्षको मर्यादाक्रममा रहने सहमति भएको छ ।
सहमतिअनुसार शाखाको सल्लाहकारमा निवर्तमान महासचिव संजयभक्त कंडेल, निवर्तमान सचिव डा जगन कार्की, एभरेष्ट गौतम, बिमला लिम्बू र कर्मा पहाडी शेर्पालाई मनोनयन गरिने छ र सदस्यता नभएकाहरुको हकमा शाखाले प्रकृया पूरा गरेर सदस्यता प्रदान गरी सल्लाहकार नियुक्त गर्नेछ।
शाखामा नविन पोखरेल, चिरन शर्मा, नरेश खपांगी, विपिन निरौला, भगीरथ योगी, श्याम लुईटेल र विमला सेने रहेको एक संरक्षकमण्डल रहने व्यवस्था गरिनेछ । त्यस्तै, शाखामा नयाँ सदस्यता खुला गर्ने र निरौलाको सिफारीसमा कम्तिमा सकृय पत्रकारिता गरिरहेका ६ जनालाई शाखाको नियमअनुरुप सदस्यता दिइनेछ । कार्यसमितिमा ठाउँ खाली भएमा निरौलाको सिफारिशमा योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना सदस्यहरु थप्ने सहमति पनि गरिएको छ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालले संस्थाको विधान र प्रक्रियामै रहेर असन्तुष्टिहरुको सम्बोधन गर्ने गरी सहमति खोज्ने प्रयास गरिएको बताए । सहमति निर्माणको लागि भूमिका निर्वाह गर्ने सबै पक्षप्रति धन्यवाद दिंदै अध्यक्ष अर्यालले शाखालाई थप एकताबद्ध र सहभागितामुलक बनाउँदै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
त्यस्तै, प्रस्तावित संरक्षक विपिन निरौलाले पनि शाखाको एकतालाई महत्व दिंदै सहमति गरिएको बताएका छन् । सबैबाट सहमतिको पूर्ण कार्यन्वयन हुने आशा व्यक्त गरेका छन्।
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]