
कियभ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी बीच फोनमा कुराकानी भएको छ ।
शनिबार उहाँहरुले खासगरी युक्रेनको पछिल्लो अवस्था र यहाँका लागि आवश्यक रहेको प्रतिरक्षा सहयोगका बारेमा कुराकानी गरेको बताइएको छ । सोको जानकारी युक्रेनका राष्ट्रपति जेलिन्स्कीले दिनुभएको छ ।
युक्रेनका राष्ट्रपति जोलिन्स्किीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– हामीले युक्रेनका लागि आवश्यक प्रतिरक्षा सहयोगका बारेमा कुराकानी गर्यौँ र यो सहयोगलाई थप प्रबर्धन गर्ने बारेमा समझ्दारी भएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले संकटका बेलामा युक्रेनका लागि आवश्यक इन्धन आपूर्तिका विषयमा पनि कुराकानी भएको थियो ।
यसअघि यसै महिनाको सुरुआतमा बेलायती प्रधानमन्त्री जोन्सनले युक्रेनका लागि १ अर्ब ६४ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता