
लण्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग अन्तर्क्रिया गरेको छ ।
गत बुधबार २५ मेका दिन अल्डरसटस्थित गेसो कार्यालयमा गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ्गसहितको भूतपूर्व गोर्खाहरुले मन्त्री पौडेलसँग अन्तर्क्रिया गरेका हुन् । सो अवसरमा गेसोका कावा अध्यक्ष तामाङ्गले भूतपूर्व गोर्खाहरुको बेलायतको अवस्थाबारे जानकारी गराउँदै आफूहरुले विगत ३० वर्षदेखि गोर्खाहरुको हकअधिकारका लागि गरेका विभिन्न आन्दोलनबारे चर्चा गरे । साथै उनले गोर्खाहरुको समान अधिकार, नागरिकता निरन्तरतालगायतका विषयमा नेपाल सरकारले जिम्मेवारी लिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक पहल गरिदिन मन्त्री पौडेलसँग जोडदार माग राखे ।
सो अवसरमा मन्त्री पौडेलले नेपालीहरु बेलायती सेनामा भर्ती भएपछि मात्र नेपालको बेलायतसँग कुटनैतिक सम्बन्ध गाँसिएको स्मरण गर्दै गोर्खाको अधिकार, नागरिकता निरन्तरता लगायतका मुद्दामा आफ्नो तर्फबाट सक्दो छिटो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले विदेशमा रहेका नेपालीहरुको मताधिकारका लागि कार्यविधि बनेको र ऐन बनेपछि कार्यन्वयनमा जाने समेत बताए ।
लामो समयदेखि गोर्खा अधिकारका लागि आवाज उठाउँदै आएको गेसोले शिक्षासम्बन्धी एक विशेष कार्यक्रममा भाग लिन बेलायत आएका मन्त्री पौडेललाई अल्डरसटस्थित कार्यालयमा स्वागत गर्दै आफ्ना समस्याहरु राखेका हुन् । सो अवसरमा उनलाई गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ्गले मन्त्री पौडेललाई खादा लगाई स्वागत गरे । त्यस्तै, उनीसंगै नेपालबाट आएका उनका स्वकीय सचिव राजेन पौडेल र बेलायतस्थित नेपाली जनप्रगतिशील मन्च युकेका अध्यक्ष मानबहादुर गुरुङलाई पनि खादा लगाई स्वागत गरिएको थियो ।
उक्त अन्तर्क्रियामा गेसोका केन्द्रीय उपाध्यक्ष तिर्खा पुन, केन्द्रीय कोषाध्यक्ष देवीमाया पुन, क्षेत्रीय अध्यक्षहरु, सल्लाहकारलगायत भूतपूर्व गोर्खाहरुको उपस्थिति रहेको थियो ।
गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त अन्तर्क्रियालाई गेसो केन्द्रीय सदस्य नरहाङ्ग राईले संचालन गरेका थिए ।

अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]