महेश्वर दाहाल

कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट प्रेस सेन्टर नेपालका संस्थापक संयोजक महेश्वर दाहाल पुरस्कृत हुनुभएको छ। २०४५ सालमा योजना साप्ताहिकबाट पत्रकारिता सुरुवात गर्नुभएका उहाँले नेपालबाट प्रकाशित हुने जनादेश, जनदिशालगायत झण्डै एक दर्जन पत्रपत्रिकाको नेतृत्वका साथै भारतबाट प्रकाशित हुने नेपाली पत्रिकाको पनि सम्पादकीय नेतृत्व गरेर जनपक्षीय पत्रकारितामा ठूलो योगदान गर्नुभएको छ। हाल प्रेस सेन्टर नेपालको इन्चार्जको रुपमा रहनुभएका उहाँले समयबद्ध साप्ताहिकका साथै झिल्को अनलाइनको सम्पादकीय नेतृत्व गर्दै आउनुभएको छ।
उहाँ प्रेस सेन्टर नेपालको संस्थापक संयोजक, पूर्वअध्यक्षका साथै नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकीकरणपछि बनेको प्रेस संगठन नेपालको झण्डै तीन वर्ष संयोजक भएर नेतृत्व गर्नुभएको थियो।
गोविन्द आचार्य

कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य पुरस्कृत हुनुभएको छ। उहाँले विगत ३० वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आउनु भएको छ। प्रेस सेन्टर नेपालको संस्थापक रहेका आचार्यले यो संस्थाको नेतृत्वमात्रै नभएर नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको पनि नेतृत्व गर्नु भएको छ।
२०४४ सालमा कृष्ण सेन इच्छुकले संगठित गरेर यो अभियानमा लाग्नुभएका आचार्यले २०४९ मा जनादेश साप्ताहिकमार्फत् पत्रकारिता सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले ०५४ सालमा त्यही पत्रिकाको कार्यकारी सम्पादक र ०५८ सालमा कृष्ण सेनपछिको सम्पादकको रुपमा काम गर्नुभयो । पत्रकार महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष, प्रेस काउन्सिल नेपालको सदस्य, प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारसमेत भइसकेका उहाँले मातृभूमि, जनदिशालगायतका पत्रपत्रिकाको सम्पादकीय नेतृत्व गरिसक्नुभएको छ।
बलराम थापा

शक्ति–तारा स्मृति पुरस्कार २०७८ बाट लामो समयदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका प्रेस सेन्टर नेपालका नेता बलराम थापालाई सेन्टरले सम्मान गरेको छ। २०४८ सालमा आँकुरा साहित्यिक पत्रिकाको सम्पादक मण्डलमा आवद्ध भएर पत्रकारिता सुरु गर्नुभएका उहाँले चौतारी मासिक, पौरख, नयाँ जनवाद मासिक, प्रत्याक्रमण, महिमा, जलजला, जनादेशलगायतका पत्रपत्रिकाको सम्पादकीय नेतृत्वमा रहेर काम गर्नुभएको छ। प्रेस सेन्टर नेपालको स्थापना पहिले उहाँले जनपक्षीय पत्रकार संघ २०५४ र प्रगतिशील पत्रकार समूह २०५१ को संस्थापक सदस्यको रुपमा समेत काम गर्नुभएको थियो।
लक्ष्मी पुन

शक्ति–तारा स्मृति पुरस्कार २०७९ बाट पत्रकार लक्ष्मी पुनलाई सम्मान गरिएको छ। २०५६ सालमा भारतको गोवाबाट प्रकाशित हुने भास्को इन्साइडबाट पत्रकारिता सुरु गरेकी उहाँले रेडियो जनगणतन्त्र मगराँत प्रसारण केन्द्रमा काम गर्नुभयो । जनउभार, जनसन्देश, नेपाल टेलिभिजन, द वाल्करलगायतका सञ्चारमाध्यममा क्रियाशील रहिसकेकी पुन प्रेस सेन्टर नेपालको पूर्वपदाधिकारीका साथै नेपाल पत्रकार महासंघको निवर्तमान सचिवसमेत हुनुहुन्छ।
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट