
लन्डन । विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ ।
लिम्बुवान स्वायत्तताको मुद्दामा निरन्तर आवाज उठाउनुका साथै याक्थुङ लिम्बु भाषाको विकासमा योगदान दिएको भन्दै समाजले नेम्वाङलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
समाजको मे १७ मा बसेको बैठकले नेता नेम्वाङलाई काङ्सोरे पुरस्कार प्रदान गर्ने निर्णय भएको अध्यक्ष छत्र वनेमले जानकारी दिए । ‘लिम्बुवान स्वायत्तताको मुद्दालाई शान्तिपूर्वक तर सशक्त ढंगले निरन्तर चार दशकदेखि उठाउनुका साथै याक्थुङ भाषाको विकास र प्रवद्र्धनमा अथक योगदान पु¥याएबापत नेम्वाङलाई पहिलोपटक काङ्सोरे पुरस्कार प्रदान गर्ने निर्णय गरेका हौँ’, उनले भने ।
पुरस्कारको राशी एक लाख नेपाली रूपैयाँ नगदसहित ताम्रपत्र रहने छ ।
सो पुरस्कार नेपालको लिम्बुवान क्षेत्रमै एक कार्यक्रमबीच नेम्वाङलाई हस्तान्तरण गरिने अध्यक्ष वनेमले जनाए ।
न् १९७४ मा सभाया खोलाको दोभानमा तत्कालीन लिम्बुवानका सेनापति काङ्सोरे राय लिम्बु र गोर्खालीतर्फका सेनाध्यक्ष रघु रानाबीच मल्लयुद्ध काङ्सोरे सहिद भएका थिए । उनलाई लिम्बुवान आन्दोलनकर्मीहरूले अत्यन्तै श्रद्धाका साथ स्मरण गर्ने गर्छन् ।
नेम्वाङलाई पुरस्कृत गरिन ुपर्ने कारण र आधारबारे मिडिया सचिव अमित थेवे बैठकमा प्रस्ताव पेश गरेका थिए । पञायतकालमा याक्थुङ लिम्बु भाषाको पठनपाठन र साहित्य लेखनमा उनले गरेको संघर्ष प्रेरणादायी रहेको उनले सुनाए ।
सन् १९५८ मा पान्थरको याम्बोङ हाल फाल्गुनन्द गाउँपालिकामा जन्मिएका नेम्वाङ ४० वर्षदेखि राजनीति र साहित्यमा सक्रिय व्यक्तित्व हुन् । उनले तत्कालीन समयमा फक्ताङलुङ निसामहिममार्फत् मातृभाषाको पठनपाठनमा सक्रिय भूमिका खेलेका थिए । सो काम गरेबापत उनीसहित अन्य सहयोगीलाई राज्यले पक्राउ गरेको थियो । त्यसको केही वर्षपछि सन् १९८६ मा उनले लिम्बुवान मुक्ति मोर्चा नामक राजनीतिक संगठन स्थापना गरेका थिए । उनले नेपाली, अंग्रेजी र याक्थुङ भाषामा गरी दर्जन कृति समेत प्रकाशित गरेका छन् । लिम्बुवान युवाहरू वास्तविक मुक्ति चाहन्छन्, लिम्बुवानको रामकहानी, सेम्मुई, माङ्हुप, लिम्बु संस्कृतिका केही विशेषता, गोपाल गुरुङको आरोप, लिम्बुको पहिचाना के हो ?, वीर नेम्वाङका कविता, लिम्बुवान संघर्ष किन, लिम्बुवान जलिरहेछ लगायत उनका केही प्रकाशित पुस्तकहरू हुन् ।
प्रत्येक तीन तीन वर्षमा प्रदान गरिने पुरस्कारका लागि समाजले दश लाखको अक्षयकोष समेत स्थापना गरिसकेको छ । उपाध्यक्ष दिल इङ्वारमको संयोजकत्वमा कोषका लागि रकम संकलन कार्यक्रम पनि अघि बढिरहेको महासचिव लाहाङ चेम्जोङले बताए । गत वर्ष काङ्सोरे पुरस्कार विनियमावली २०२१ पारित भएको थियो । पुरस्कृत हुने व्यक्तित्वको सन्दर्भमा राजनीति, भाषा, संस्कृति, इतिहास, कला लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरू समेटिने समाजले जनाएको छ ।
सन् २००९ मा बुद्धिजीवि एवम् अन्वेषक स्व. प्रसाद थेवेको अध्यक्षतामा स्थापना भएको समाजको पाँचौ महाधिवेशन यहीँ अगष्ट महिनामा हुने महासचिव चेम्जोङले बताए ।
समाजले अरुण–सप्तकोसीपूर्वका भूभाग ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान प्रदेश हुनुपर्ने माग गर्र्दै आएको छ ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी