
बुडापेस्ट । बेलायतका राजकुमार चार्ल्सले रोमानियाको बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिनुभएको छ ।
एकजना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उहाँले आफ्नो भाषा सीपको अक्षमताका निम्ति क्षमा याचना गर्दै कठिन परिस्थितिमा उनीहरूले देखाएको असाधारण साहस, धैर्य र सहनशीलताको प्रशंसा गर्नुभयो । युक्रेनी बच्चाहरूले उहाँलाई परम्परागत युक्रेनी ढाँचामा चित्रित काठको चम्चा उपहारस्वरुप प्रदान गरेका थिए ।
रुस–युक्रेन युद्ध शुरु भएयता १० लाख युक्रेनी शरणार्थीका रुपमा रोमानिया पुगेका छन् । शरणार्थीहरूमा प्रायः महिला र बालबालिका छन् । राजकुमार चार्ल्सका साथ रेडक्रसका अधिकारी, मुक्ति सेना र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि बुखारेस्ट नगरका प्रमुखलगायत उपस्थित थिए ।

बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ