
युक्रेन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सङ्कट विश्वव्यापी बन्दै गएको र त्यसले अन्तर्राष्ट्रिय व्यवस्था, क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता कायम राख्ने महत्वलाई बढाएको बताउनुभएको छ ।
टोकियोमा एशिया–प्रशान्त क्षेत्रका नेताहरूको ‘क्वाड’ बैठकमा चीनले दाबी गरेको स्वशासित टापु ताइवानको लागि अमेरिकी सैन्य समर्थन स्वैच्छिक रूपमा आएको टिप्पणी गरेको एक दिनपछि अमेरिकी राष्ट्रपतिले युक्रेन सङ्कट युरोपेली मुद्दा मात्र नभएर त्यो विश्वव्यापी संकट भएको बताउनुभएको हो ।
संयुक्त राज्य अमेरिका, जापान, भारत र अष्ट्रेलिया सहभागी क्वाड बैठकमा युक्रेनको अवस्थाबारे मन्तव्य व्यक्त गर्दै उहाँले आफ्नो मुलुक अमेरिकाका सहयोगीहरूका साथमा रहने तथा स्वतन्त्र र खुला एशिया–प्रशान्त क्षेत्रका निम्ति लागि पर्नेमा जोड दिनुभयो । ”अन्तर्राष्ट्रिय कानून, मानवअधिकार संसारमा जहाँसुकै उल्लङ्घन भएता पनि सधैं रक्षा गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
उता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार नै डाभोसमा विश्वव्यापी व्यापारिक नेताहरूसमक्ष पाशविक शक्ति प्रयोग गर्नबाट रोक्न विश्वले रूसविरुद्ध प्रतिबन्धहरू बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
सम्भवतः युरोपेली सङ्घ केही दिनभित्र रूसी तेल आयातमा प्रतिबन्ध लगाउन सहमत हुनेछ र रुसबाट सर्वाधिक इन्धन आयात गर्ने जर्मनीले पनि मस्कोलाई बलियो धक्का दिनेछ उता मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमा देशले आफूलाई एक्ल्याए पनि चीनसँगको आफ्नो आर्थिक सम्बन्ध बढ्ने बताएको छ ।
युरोपेली संघमा रहेका २७ सदस्यीय सङ्घका अधिकांश राष्ट्रहरु रूसी ऊर्जामा निर्भर छन् । यस्तो परिस्थितिमा इयुले रुसी इन्धन आपूर्ति रोक्न द्रुत गतिमा अघि नबढाएको भन्दै युक्रेनको चर्को आलोचना खेप्नु परेको छ । हङ्गेरीले भने रुसी इन्धनमा प्रतिबन्ध लगाउन सहमत हुनुअघि ऊर्जा लगानीको माग गरेको छ । इयुले गैर–रूसी आपूर्तिको अभाव भएका मध्य र पूर्वी युरोपका राष्ट्रहरूलाई दुई अर्ब यूरोसम्मको लगानीको प्रस्ताव गरेको छ ।
यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले संयुक्त राज्य अमेरिका र युरोपसँगको आर्थिक सम्बन्ध टुटेपछि क्रेमलिनले चीनसँगको सम्बन्ध विकासमा ध्यान दिने बताउनुभएको छ । ”यदि उनीहरू (पश्चिमा देश) सम्बन्ध पुनः सुरु गर्ने सन्दर्भमा केही प्रस्ताव गर्न चाहन्छन् भने हामी त्यसलाई आवश्यक भए नभएको सम्बन्धमा गम्भीरतापूर्वक विचार गर्नेछौँ । जब पश्चिमाहरूले तानाशाहको रुप लिन्छन् तब चीनसँगको हाम्रो आर्थिक सम्बन्ध अझ तीव्र हुनेछ,” उहाँले भन्नुभएको छ ।
युक्रेनमाथि रूसको तीन महिना लामो आक्रमण सन् १९४५ यताकै सबैभन्दा ठूलो हो । सो आक्रमणबाट बच्न ६५ लाखभन्दा बढी मानिस विदेश पलायन भएका छन् भने सम्पूर्ण शहरहरू भग्नावशेषमा परिणत भएका छन् जसले रूसमाथि अनपेक्षित प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रहरूलाई प्रेरित गरेको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सोमबार युक्रेनका सहयोगीहरूलाई बन्दी आदानप्रदानका लागि मस्कोलाई दबाब दिन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ”हामीलाई रूसी सेनाको आवश्यकता छैन । हामीलाई केवल हाम्रा चाहिन्छ, हामी भोलि पनि बन्दी आदानप्रदानका लागि तयार छौं ।”
––––
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान