लण्डन । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् ।
बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय गरेका हुन ।
युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले यूक्रेन संकटप्रति चिन्ता व्यक्त गर्दै रुस विरुद्ध अव चर्को दबाव दिनु पर्ने निश्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
उनीहरुले आ आफ्नो देशको तर्फबाट कुटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयास पनि गर्ने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रअरी २४ देखि यूक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि ठोस उपलब्धी हुन सकेको छैन ।
त्यसैगरी विश्वका अधिकांश देशले युक्रेनमाथी रुसले अन्याय गरेको भन्दै आक्रमण नगर्न रुसलाई आग्रह गर्दै आएका थिए । तर पनि आक्रमण अहिलेसम्म जारी छ ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ