कीयभ। रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन् ।
युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उद्धृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको समाचारमा उल्लेख गरेको छ, “मस्कोको अडानहरू अझै पनि उस्तै रहेको देखिएको छ । सुरक्षा ग्यारेन्टी, रूसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ’ ।”
यसअघि शनिबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले रूसी हवाई सुरक्षा प्रणालीले शुक्रबार राति पनि ६९ युक्रेनी सैनिक केन्द्रहरूमा प्रहार गरेको बताउनुभएको थियो । उहाँका अनुसार त्यसमा चारवटा कमाण्ड पोस्ट र चार वटा एन्टी–एयरक्राफ्ट मिसाइल प्रणाली रहेका छन् । यसैबीच अमेरिकाले रूसले प्रयोग गर्ने १०० विमानको मर्मत सम्भारमा प्रतिबन्ध लगाउने बताएको छ ।
द किभ इन्डिपेन्डेन्टअनुसार यीमध्ये एउटा हवाईजहाज रूसी अर्बपति रोमन अब्रामोभिचको हो । संयुक्त राज्य अमेरिकाको पेन्टागन प्रमुख लोइड अस्टिनले यूक्रेनमा आफूहरूले न त युद्धमा प्रत्यक्ष संलग्न हुनेछन् न यूक्रेनी आकाशलाई रूसी उडान विरोधी क्षेत्र स्थापना गर्ने बताउनुभयो ।
युक्रेनका सशस्त्र फौजका जनरल स्टाफका अनुसार रूसले युक्रेनविरुद्धको आक्रमणको समर्थन गर्न आर्मेनियाको १०२ औं रूसी सैनिक बेसबाट आफ्नो फौज तैनात गर्ने योजना बनाएको थियो तर फेब्रुअरी २४ मा रूस निकट मानिने डोनेट्स्क र लुहान्स्कका नागरिकले सुरक्षाको लागि मदत मागेपछि रूसले युक्रेनमा विशेष सैन्य परिचालन सुरु गरेको रूसले दावी गर्दै आएको छ ।
रूसले यूक्रेनमा आफ्नो सैन्य परिचालन रोक्न अन्तरराष्ट्रिय समुदायबाट अत्यधिक दबाबको सामना गर्दै आएको छ । रूसको आक्रमणवछि यूक्रेनबाट हजारौं शरणार्थीहरू छिमेकी देशहरूबाट पश्चिमी मुलुक प्रवेश गरेका छन् ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी