कीयभ । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यूयोर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ।
“शहर घेरिएको छ,” खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेनी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले दक्षिणी क्षेत्रीय राजधानीको स्थिति रूसी सेनाले शहरमा प्रवेश गरेपछि तनावपूर्ण रहेको बताएका छन् ।
क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको ३ लाख मानिसहरूको शहर – खेरसनको पतन महत्त्वपूर्ण छ किनभने यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा शहरतिर पश्चिमतर्फ धकेल्न अनुमति दिनेछ ।
बुधवार युक्रेनमा सर्वसाधारणको हताहतीको घटना बढेको छ। संयुक्त राष्ट्र संघले २२७ नागरिक मारिएको बताएको छ ।
एनवाइटीका अनुसार युक्रेन सरकारले शुरुमा नागरिकको मृत्युको संख्या २ हजार भन्दा बढी उल्लेख गरेको थियो तर युक्रेनको आपतकालीन सेवा एजेन्सीले पछि त्यो संख्यालाई “अनुमानित” भन्दै कति मानिसहरू अझै पनि आगलागीमा परेको र भग्नावशेषमा हराइरहेका र यकिन तथ्याङ्क बाहिर नआइसकेको जनाएको छ।
मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल