अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी युद्ध अपराधबारे अनुसन्धान शुरु

हेग । अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिनुभएको छ ।
“सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयबारे केही क्षणअघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु। प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ,” खानले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्ने र अदालतको क्षेत्राधिकारअन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।
गत हप्ता डोनेट्स्क र लुहान्स्कका अलग्गिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेशन शुरु गरेको जनाएको छ ।
यसैबीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री