मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच मस्कोमा भेटवार्ता भएको छ । सोमबार भएको दुई देशका राष्ट्रपतिबीचको यस भेटका क्रममा युरोपको सुरक्षा प्रबन्ध र युक्रेनका विषयमा कुराकानी भएको थियो ।
दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्याका साथै युरोपको सुरक्षाका बारेमा पनि छलफल भएको समाचारमा जनाइएको छ । पुटिनले बेलारुस र ईयू देशको बारेमा कुरा उठाउनुभएको थियो । उहाँले युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्नुभएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनीहरुका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ । रुस–फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोंले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीबीचको नियमित बैठकको पनि प्रशंसा गर्नुभएको थियो ।
साथै युक्रेनमा पछिल्लो समयमा रुसले आक्रमण गर्नसक्ने भन्ने विषयमा पनि कुराकानी भएको अनुमान गरिएको बताइएको छ । युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको छ । त्यसैले अमेरिका र बेलायतसहितका पश्चिमा देशहरुले रुसले त्यहाँ युक्रेनमाथि हमला गर्न सक्ने बताएका छन् ।
तर रुसले भने यसको खण्डन गर्दै आएको छ । रुसले अहिले युक्रेनमाथि हमलाको कुनै योजना नरहेको बताउँदै आएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी