काठमाडौँ । नेपाली कांग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य डा प्रकाशशरण महत मनोनीत हुनुभएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को दफा २५ को उपदफा (४) बमोजिम आज उहाँलाई प्रवक्तामा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
पार्टी विधानको दफा २५ को उपदफा (४) मा पार्टी सभापतिका काम कर्तव्य अधिकारअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने, कार्य विभाजन हेरफेर गर्ने र पार्टीका पदाधिकारी एवं सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था छ ।
सभापति देउवाले पार्टी सङ्गठनलाई थप सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण सहयोग र सक्रियता रहनेछ भन्ने विश्वासका साथ उहाँलाई मनोनयन गरी उहाँको कार्य सफलताको कामना पनि गर्नुभएको छ । यसअघि पार्टीको सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका डा महत गत मङ्सिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी हुनुहुन्थ्यो ।
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेपाल सरकारका खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक