मोरङ। प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद्का आठ मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ ।
प्रदेश प्रमुख खापुङले रामकुमार राईलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, राजन राईलाई सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा लिम्बूलाई पर्यटन तथा सस्कृति, झलकबहादुर मगरलाई कृषि, शेखरचन्द्र थापालाई वन, वातावरण तथा भू–संरक्षण, ओमप्रकाश सरावगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, प्रताप प्रकाश हाङगामलाई उद्योग, श्रम तथा रोजगार र उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा आज पद तथा गोपनियनताको शपथ गराउनुभयो ।
प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा वि.सं २०७८ कात्तिक १६ गते गठित मौजुदा मन्त्रिपरिषद्लाई नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको हो ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव एवं कर्मचारीको उपस्थिति रहेको थियो । प्रदेश नं १ मा एक अब राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रिपरिषद भएको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक