काठमाडौँ। नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीबाट रकम लिने सिन्धुपाल्चोक जुगल गाउँपालिकाका ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेँसीशहर नगरपालिकाका ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका ३६ वर्षीय यमबहादुर थापामगरलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राहदानीको अनलाइन फर्म किर्ते गरी सेवाग्राहीबाट रकम असुल उपर गरेको गोप्य सूचनाका आधारमा तीनजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेकासँग रु ४० हजार नगद, एक थान कम्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र ५० थान किर्ते गरिएका कागजपत्र बरामद गरेको छ ।
पक्राउ परेकासँग प्रहरीले मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–२५ अन्तर्गत दफा २७६ को ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर थप अनुसन्धान गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार