काठमाडौँ । सरकारले चार श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सिलर र श्रम सहचारीको छनोटका लागि निवेदन आह्वान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले आज एक सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र बरहाइनका लागि काउन्सिलर र सहचारी छनोटका लागि निवेदन आह्वान गरेको हो ।
मन्त्रालयले युएई र साउदीका लागि एक/एक जना श्रम काउन्सिलर तथा कतार र बहराइनका लागि एक/एक जना श्रम सहचारीका लागि आह्वान गरेको छ ।
काउन्सिलर राजपत्राङ्कित द्वितीय श्रेणी र श्रम सहचारी राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी छनोट गर्ने गरिएको छ ।
काउन्सिलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ ले तोकेको योग्यता पुगेका कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । इच्छुक कर्मचारीले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन सक्नेछन् ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न