काठमाडौँ । मलद्वारभित्र झण्डै रु एक करोडको सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१० का ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरिका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपलिका–३ का दावाछिरिङ शेर्पा छन् । उनीहरुमध्ये शेर्पाले सुन मलद्वारभित्र लुकाएर ल्याएका थिए । तौलिँदा उक्त सुन एक किलो ५५ ग्राम रहेको फेला परेको छ । उनी एयर अरेवियामार्फत सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए ।
तीनै जनालाई बुधबार अपराह्न पक्राउ गरेको भए पनि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी आज सार्वजनिक गरिएको हो । साह र परियार दुबईबाट हिमालयन एयरमार्फत नेपाल आएका थिए । साहबाट चार थान आइफोन तथा ५० ग्रामको सुनको औँठी र सिक्री बरामद गरिएको छ । यस्तै परियारबाट आइफोन एक थान र सुनको बेरुवा औँठी दुई थान बरामद गरिएको छ । तीनै जनालाई बरामद सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा