काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायतका पदाधिकारीहरु थप मनोनयन गरिएको छ।
राप्रपाको पार्टी विधान बमोजिम उपाध्यक्ष दुई जना हेमराज गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्री दुई जना राजेन्द्र गुरुङ र प्रहलाद प्रसाद शाह, सह–महामन्त्री सात जना मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रविन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुनुभएको छ।
यसैगरी, प्रवक्तामा चार जना भक्तिप्रसाद यादव, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित हुनुभएको छ। राप्रपा सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेश कुमार साह र पूर्णबहादुर चन्द मनोनित हुनुभएको छ।
राप्रपा सहायक सह–महामन्त्री छ जना रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राई मनोनित हुनुभएको हो।
राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँहरुलाई विभिन्न पदमा मनोनित गर्नुभएको हो।
राप्रपाले प्रेस विज्ञप्तिमार्फत पनि पदाधिकारी तथा प्रमुखको नियुक्तिबारे जानकारी दिएको छ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ