काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायतका पदाधिकारीहरु थप मनोनयन गरिएको छ।
राप्रपाको पार्टी विधान बमोजिम उपाध्यक्ष दुई जना हेमराज गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्री दुई जना राजेन्द्र गुरुङ र प्रहलाद प्रसाद शाह, सह–महामन्त्री सात जना मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रविन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुनुभएको छ।
यसैगरी, प्रवक्तामा चार जना भक्तिप्रसाद यादव, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित हुनुभएको छ। राप्रपा सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेश कुमार साह र पूर्णबहादुर चन्द मनोनित हुनुभएको छ।
राप्रपा सहायक सह–महामन्त्री छ जना रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राई मनोनित हुनुभएको हो।
राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँहरुलाई विभिन्न पदमा मनोनित गर्नुभएको हो।
राप्रपाले प्रेस विज्ञप्तिमार्फत पनि पदाधिकारी तथा प्रमुखको नियुक्तिबारे जानकारी दिएको छ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक