काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले भन्नुभयो, “अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ ।”
अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडौँ उपत्यकामा आउने विश्वास दिलाउँदै उहाँले एशियाली विकास बैँकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी सरचनालाई अघि बढाउने जानकारी दिनुभयो ।
आयोजनाको बाँध र सुरुङको काम अहिले भकाभक भइरहेको बताउँदै उहाँले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिनुभयो । गत असार १ गते आएको बाढीले काठमाडौँ ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पुर्याएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक