काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले भन्नुभयो, “अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ ।”
अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडौँ उपत्यकामा आउने विश्वास दिलाउँदै उहाँले एशियाली विकास बैँकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी सरचनालाई अघि बढाउने जानकारी दिनुभयो ।
आयोजनाको बाँध र सुरुङको काम अहिले भकाभक भइरहेको बताउँदै उहाँले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिनुभयो । गत असार १ गते आएको बाढीले काठमाडौँ ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पुर्याएको थियो ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न