झापा । २०६२ सालयता झापामा १३ जंगली हात्ती मरेका छन् ।
झापाको विभिन्न वनमा रहेकामध्ये १३ वटा जंगली हात्ती मरेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराईले जानकारी दिए । ‘सबै हात्ती कालले नै मरेको देखिन्छ । केही जंगलमा मृत अवस्था भेटिएका छन् । केही भने खेतको दहमा भासिएर पनि मरेका छन्,’ उनले भने ।
झापाको मागुरमाणी, तेलपानी, वबहुवन, तेलपानी, पाँच पोखरी, जुकेखाडी, दहीझोडा, जामुनबाडी, जलथल, रतुवामाई, चारआली, दुम्सेलगायतका जंगलमा हात्ती घुम्ने गरेको उनले बताए । हाल झापाका जंगलमा १३ देखि १८ वटासम्म रैथानो हात्ती रहेको हुनसक्ने अनुमान रहेको भट्टराईले जानकारी दिए । ‘गणना त भएको छैन । तर, १३ देखि १८ वटासम्म हात्ती छन् भन्ने अनुमान गरिएको छ,’ उनले भने ।
डिभिजन वन कार्यालय झापाका अनुसार २०६७ यता झापामा हात्तीको आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ । यो तथ्यांक डिभिजन वन कार्यालयमा निवेदन दिनेको भएको उनले बताए । योभन्दा अन्यको पनि हात्ती आक्रमणमा परी मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालयको अनुमान छ ।
वन क्षेत्रभन्दा बाहिर हात्तीको आक्रमणमा परी मृत्यु भएको छ भने डिभिजन वन कार्यालय झापाको सिफारिसमा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रले राहत दिने गरेको सूचना अधिकारी भट्टराईले जानकारी दिए । हात्ती आक्रमणमा परी मृत्यु भएको भए अहिले ५० हजार किरिया खर्च र १० लाख मृतकको परिवारलाई राहत दिने गरेको उनले बताए । वन क्षेत्रमा भए राहत उपलब्ध नहुने उनको भनाइ छ ।
यस्तै, घाइतेको हकमा बढीमा दुई लाखसम्म उपचार खर्च पाउने भट्टराईले बताए । ‘हात्ती मांसहारी जनवार हैन । यसलाई अवरोध गर्यो भने । उसले असुरक्षित महसुस गर्यो भने र ढुंगामुडा गर्यो भने आक्रमण गर्न सक्छ,’ भट्टराईले भने ।
झापामा दैनिक कुनै न कुनै बस्तीमा हात्ती पसेर घरमा राखेको अन्न खाने, घर भत्काउने गरेको छ । घर भत्किएको र अन्नबाली क्षति गरेको हकमा पनि राहत पाउने गरेको भट्टराईले बताए । ‘घर भत्काएको र अन्नबाली नस्ट गरेमा निवेदन हाल्न सकिन्छ । निवेदनपछि मूल्यांकन समिति हुन्छ । यसले स्थलगत अनुगमन गर्छ,’ उनले भने, ‘अनुगमनपछि कोशी टप्पु वन्यजन्तु आरक्षणलाई सिफारिस गर्ने हो । घरको १० हजार र अन्नबालीको क्षतिको १० हजारसम्म पाउने व्यवस्था छ ।’
भारतसँग सीमा जोडिएको झापामा विगतमा भारतबाट हुलकाहुल हात्ती नेपाल प्रवेश गर्थे । स्थानीयको अन्नबाली र घरमा क्षति पुर्याउँथे । तर, केही वर्ष अघि विद्युतीय तारबार लगाएपछि त्यो क्रम घटेको सूचना अधिकारी भट्टराईले बताए । मेचीनगर पूर्वोत्तर तिरिङदेखि काँकडभिट्टा नजिकसम्म १८ किलोमिटर विद्युतीय तारबार गरिएको उनले बताए ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी