जनगणनाको प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरिने


काठमाडौँ । नेपालको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ ।

सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री