लण्डन । इङल्याण्डमा पूरा डोज खोप लगाएकाहरुमा कोरोना पोजेटिभ देखिएमा पाँच दिनमात्र आइसोलेसनमा बसे पुग्ने भएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले बेलायतको संसदमा सो जानकारी दिएका हुन् ।
यो नियम आगामी सोमबारदेखि लागू हुने बताइएको छ ।
उनले बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीको तथ्याङ्क उद्धृत गर्दै कोरोना संक्रमित दुईतिहाई मानिसहरुमा पाँच दिनपछि अरुमा संक्रमण सार्न सक्ने सम्भावना नहुने भएकाले सरकारले सो निर्णय गरेको तर्क दिए ।
यसअघि इङल्याण्डमा कोरोना संक्रमित भएमा सात दिन आइसोलेसनमा बस्नपर्ने नियम थियो ।
नयाँ नियमअनुसार आइसोलेसनबाट बाहिर आउनुअघि दुईपटक टेष्ट भने गर्नपर्नेछ ।
जनस्वास्थ्यविद्हरुले भने सरकारको निर्णयको आलोचना गरेका छन् । उनीहरुको तर्क छ कि ३० प्रतिशत अरुलाई सार्नसक्ने सम्भावना हुँदाहुँदै आइसोलेसन कम गर्नु उचित हुँदैन ।
अमेरिकामा यसअघि नै आइसोलेसन अवधि पाँच दिनमा झारिसकिएको छ ।
बेलायतमा ओमिक्रोनको संक्रमणका कारण अत्यावश्यक सेवाका कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा बस्दा सेवामा नै गम्भीर असर परेको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]