लण्डन । इङल्याण्डमा पूरा डोज खोप लगाएकाहरुमा कोरोना पोजेटिभ देखिएमा पाँच दिनमात्र आइसोलेसनमा बसे पुग्ने भएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले बेलायतको संसदमा सो जानकारी दिएका हुन् ।
यो नियम आगामी सोमबारदेखि लागू हुने बताइएको छ ।
उनले बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीको तथ्याङ्क उद्धृत गर्दै कोरोना संक्रमित दुईतिहाई मानिसहरुमा पाँच दिनपछि अरुमा संक्रमण सार्न सक्ने सम्भावना नहुने भएकाले सरकारले सो निर्णय गरेको तर्क दिए ।
यसअघि इङल्याण्डमा कोरोना संक्रमित भएमा सात दिन आइसोलेसनमा बस्नपर्ने नियम थियो ।
नयाँ नियमअनुसार आइसोलेसनबाट बाहिर आउनुअघि दुईपटक टेष्ट भने गर्नपर्नेछ ।
जनस्वास्थ्यविद्हरुले भने सरकारको निर्णयको आलोचना गरेका छन् । उनीहरुको तर्क छ कि ३० प्रतिशत अरुलाई सार्नसक्ने सम्भावना हुँदाहुँदै आइसोलेसन कम गर्नु उचित हुँदैन ।
अमेरिकामा यसअघि नै आइसोलेसन अवधि पाँच दिनमा झारिसकिएको छ ।
बेलायतमा ओमिक्रोनको संक्रमणका कारण अत्यावश्यक सेवाका कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा बस्दा सेवामा नै गम्भीर असर परेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’