काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।
आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । कोटेश्वरस्थित निवासमा आराम गरिरहनुभएका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसैगरी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न