काठमाडौँ । नागरिक समानता र उद्यमशील समाज निर्माणमा क्रियाशील रहनुभएका युवा नेता स्व उज्ज्वल थापाको स्मृतिमा उज्ज्वल थापा फाउन्डेसन स्थापना गरिएको छ ।
नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्नु यस फाउण्डेसनको उद्देश्य रहेको छ । उज्ज्वल थापाको गत जेठ १८ गते कोभिडका कारण निधन भएको थियो ।
फाउण्डेसनमार्फत नेतृत्व विकासमा सहजीकरण गर्ने, स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्याउने, सामाजिक अभियान सञ्चालन गर्ने, नागरिकको चेतना बढाउने, न्यायपूर्ण समाज र राष्ट्र निर्माण गर्ने, उद्यमशीलताको प्रवद्र्धन गर्ने, पर्यावरणीय हितका क्षेत्रमा काम गर्ने, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधिलगायत अन्य क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको फाउण्डेसनका अध्यक्ष एरिका अधिकारीले जानकारी दिनुभयो ।
फाउन्डेसनको स्थापना गर्नु अगाडि उज्ज्वलका परिवार, साथी तथा शुभेच्छुकहरूले उज्ज्वलको उपचारका लागि विभिन्न देशबाट झण्डै तीन हजार जनाले प्रदान गरेको रकमबाट उपचार खर्च कटाएर बचेको रु ४२ लाखभन्दा बढी रकम विभिन्न सात वटा गैरसरकारी÷गैरनाफामूलक संस्थालाई वितरण गरिएको उहाँले बताउनुयो ।
सर्लाहीको भोर नेपाल, ललितपुरको हार्टबिट, कपिलवस्तुको मधेस ह्युमन राइट्स होम, काठमाडौँका नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन तथा राष्ट्रिय आविष्कार केन्द्र, कालीकोटको ‘ओदा फाउन्डेसन’ तथा वीरगञ्जको ‘सानो पाइला’ नामक संस्थालाई सो रकम प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा