काठमाडौँ । नागरिक समानता र उद्यमशील समाज निर्माणमा क्रियाशील रहनुभएका युवा नेता स्व उज्ज्वल थापाको स्मृतिमा उज्ज्वल थापा फाउन्डेसन स्थापना गरिएको छ ।
नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्नु यस फाउण्डेसनको उद्देश्य रहेको छ । उज्ज्वल थापाको गत जेठ १८ गते कोभिडका कारण निधन भएको थियो ।
फाउण्डेसनमार्फत नेतृत्व विकासमा सहजीकरण गर्ने, स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्याउने, सामाजिक अभियान सञ्चालन गर्ने, नागरिकको चेतना बढाउने, न्यायपूर्ण समाज र राष्ट्र निर्माण गर्ने, उद्यमशीलताको प्रवद्र्धन गर्ने, पर्यावरणीय हितका क्षेत्रमा काम गर्ने, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधिलगायत अन्य क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको फाउण्डेसनका अध्यक्ष एरिका अधिकारीले जानकारी दिनुभयो ।
फाउन्डेसनको स्थापना गर्नु अगाडि उज्ज्वलका परिवार, साथी तथा शुभेच्छुकहरूले उज्ज्वलको उपचारका लागि विभिन्न देशबाट झण्डै तीन हजार जनाले प्रदान गरेको रकमबाट उपचार खर्च कटाएर बचेको रु ४२ लाखभन्दा बढी रकम विभिन्न सात वटा गैरसरकारी÷गैरनाफामूलक संस्थालाई वितरण गरिएको उहाँले बताउनुयो ।
सर्लाहीको भोर नेपाल, ललितपुरको हार्टबिट, कपिलवस्तुको मधेस ह्युमन राइट्स होम, काठमाडौँका नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन तथा राष्ट्रिय आविष्कार केन्द्र, कालीकोटको ‘ओदा फाउन्डेसन’ तथा वीरगञ्जको ‘सानो पाइला’ नामक संस्थालाई सो रकम प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?