
काठमाडौँ। परराष्ट्रमन्त्री डा नारायण खड्का र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उहाँहरुबीच आज भएको टेलिफोन वार्तामा द्विपक्षीय सहकार्यका विविध क्षेत्रका बारेमा छलफल भएको हो । विकास साझेदारी र कोरोना महामारीमा पनि नेपाल र भारतबीचको सहकार्य उल्लेखनीय रहेको उहाँहरूबीच कुराकानी भएको थियो ।
मन्त्रालयका अनुसार उहाँहरुबीच दुई देशबीचको सहकार्यको दायरा अझ फराकिलो बनाउने सम्बन्धमा पनि छलफल भएको थियो । परराष्ट्रमन्त्री डा खड्का र भारतीय विदेशमन्त्री जयशङ्करले नयाँ वर्षको शुभकामनासमेत आदानप्रदान गर्नुभएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग