नवलपुर । नेपाल आदिवासी जनजाति महासङ्घको १०औँ राष्ट्रिय महाधिवेशन नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा हुने भएको छ । कावासोतीमै बसेको महासङ्घको तयारी बैठकले आगामी माघ २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
दशौँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि २१९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासङ्घका अध्यक्ष जगतबहादुर बरामले बताउनुभयो । महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गर्नाका साथै आदिवासी जनजातिका मुद्दालाई अझै संस्थागत गराउँदै लैजाने उहाँले जानकारी दिनुभयोे । गत जेठ १९ र २० गते सुर्खेतमा गर्ने भनिएको १०औँ महाधिवेशन कोरोना महामारीका कारण स्थगित भएको थियो ।
नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजाति समुदायका रुपमा सूचीकृत गरेको छ । सूचीकृत सबै जातिको महाधिवेशनमा सहभागिता हुने महासङ्घले जनाएको छ । विसं २०४८ मा स्थापना भएको महासङ्घले पहिचानसहितको अधिकार, मुलुकको हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आएको छ ।
आदिवासी जनजातिलगायत बहिष्कृत–सीमान्तकृत नागरिकहरूको वैयक्तिक र सामूहिक हक, अधिकार र स्वतन्त्रता हनन हुन नदिने प्रण गर्दै यो महाधिवेशन सफल बनाउनका लागि सबै आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, अपाङ्ग, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलगायत नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी एवम् सम्पूर्ण आम नागरिकहरुलाई सहभागी हुन अपिल गरिएकोे छ ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता