
काठमाडौँ । बङ्गलादेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स्वर्ण वर्षका अवसरमा बङ्गलादेश र अन्य देशका विद्वान् एवं सामाजिक अभियानकर्मीसँगै रिजालद्वयलाई शनिबार राजनीतिक–सामाजिक सेवावापत सो सम्मान दिइएको हो ।
बङ्गलादेशका मुक्तियुद्धसम्बन्धी मन्त्री एकेएम मोजाम हकले उहाँहरूलाई सो सम्मान प्रदान गर्दै डा रिजालले त्यहाँ अध्ययनका क्रममा ११ वर्ष रहँदा रेडियोमा काम गरी स्वतन्त्रताका लागि योगदान गरेको तथा अध्यक्ष रिजालले दुई देशबीच सम्बन्ध बढाउन पुलका रूपमा काम गरेको बताउनुभयो । फाउन्डेशनका संयोजक सदी–उज जमान, सचिव मदुल हक तैयब, चौधरी नेजारुल हक, विशाल जैन, पाञ्चाली देव वर्मा (भारत)लगायतले समाजको शान्ति, एकता, संस्कृति, अनुशासन, सम्बन्ध विस्तार र शोषणको अन्त्य जोड दिँदै विश्वमा विवादको समाधान शान्तिपूर्ण वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा डा रिजालले ‘हाम्रो बङ्गलादेश…’ बोलको गीत तथा अन्य कलाकारले बङ्गलादेशी गीतसङ्गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपालबाट अधिवक्ता दीपक दाहाल, सरला रिजाल, निशिषकुमार रेग्मी, डा करिष्मा पाण्डे, डा रेशिस श्रेष्ठलगायत बङ्गलादेश र भारतका प्रबुद्ध व्यक्तित्वको सहभागिता थियो ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ