
काठमाडौँ। सरकारले यस वर्षको मानवअधिकार पुरस्कार, २०७८ शक्ति समूह नामक संस्था र अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलाई प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०, २०२१) का उपलक्ष्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यहाँ आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले जनही रु एक लाख ११ हजार १११ राशिको सो पुरस्कार प्रदान गर्नुभयो ।
मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धनमा क्रियाशील रही मानव बेचबिखनविरुद्धको कार्य गरेको तथा पीडितको उद्धार, स्वदेश फिर्ता, सुरक्षित आवास, जीविकोपार्जनमा सहयोगलगायत कार्य गरी महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षणको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप शक्ति समूहलाई सो पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरी, अधिवक्ता हरिजनले दलित, अल्पसङ्ख्यक, बालबालिका, बहिष्करणमा परेका समुदायको हित अभिवृद्धि, सामाजिक विभेद तथा कुरीति विरुद्धको अभियान सञ्चालन, निःशुल्क कानुनी सहायता प्रदान, मानवअधिकार उल्लङ्घनका घटना उजागर गर्दै मानवअधिकारको संरक्षणमा पु¥याएको योगदानको कदरस्वरुप सो पुरस्कार प्रदान गरिएको हो ।
सोही अवसरमा प्रधानमन्त्री देउवाले सरकार लोकतन्त्र, मानवअधिकार र कानुनी शासनको पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “मानव अधिकारको अधिकतम सुनिश्चितताका लागि सरकारले काम गरिरहेको छ, मानव अधिकार रक्षाका लागि समग्र मानवअधिकारकर्मी, बुद्धिजीवी, नागरिक समाज र विभिन्न सङ्घसंस्था र प्रतिनिधिहरूको पनि सक्रिय आवश्यकता छ, मानवअधिकार विना लोकतन्त्र बलियो हुन सक्दैन ।” उहाँले कोरोना महामारिको विषम परिस्थितिमा पनि मानव अधिकारको सुनिश्चितताका लागि सरकारले कार्य गरिरहेको बताउँदै मुलुकमा मानव अधिकारको भेदभाव कहीँकतैबाट नहोस् भन्नेमा सरकार सधैँ सचेत हुने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । मानव अधिकारप्रति नेपालको उच्च प्रतिबद्धता र क्रियाशीलता रहेको र नेपालले साना तथा भूपरिवेष्टित देशको पक्षमा विकासका निम्ति आफ्नो आवाज सशक्त रुपमा उठाउँदै आएको प्रधानमन्त्री देउवाको भनाइ छ ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लोतान्त्रिक मूल्यमान्यतालाई पूर्ण सम्मान गर्दै मानवअधिकारको सवद्र्धनमा अग्रसर रहेको तथा मानवअधिकारको क्षेत्रमा काम गर्ने सबै निकायसँग समन्वय गरी ती निकायको प्रवद्र्धन गर्न सचेत रहेको बताउनुभयो ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मानव अधिकार उल्लङ्घन र जातीय भेदभावबारे बनेका ऐन/कानुन कार्यान्वयन भए/नभएका बारेमा सरकारले नै अनुगमन गर्नुपर्ने बताउनुभयो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक