लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको स्वास्थ्य सचेतना कार्यक्रम यही आइतबारदेखि शुरु हुने भएको छ ।
कोरोना महामारीको बेला बेलायतको नेपाली समुदायलाई आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको शाखाले जनाएको छ।
नेप्लिज डक्टर्स एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोशिएशन यूके समेतको सहकार्य रहने कार्यक्रम पाक्षिक रुपमा (हरेक पन्ध्र दिनमा) सञ्चालन गरिनेछ । कार्यक्रममा बेलायतमा कार्यरत डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी र जनस्वास्थ्य विज्ञहरुलाई निम्त्याएर प्रत्यक्ष प्रश्नोत्तर गराइनेछ।
भर्चुअल माध्यमबाट चलाइने कार्यक्रम एफएनजे यूकेको अफिसियल फेसबुक पेजका साथै बेलायतस्थित प्रमुख नेपाली मिडियाबाट प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रम हेर्ने दर्शकले स्वास्थ्यसम्बन्धी आफ्ना कुनै पनि प्रश्न वा जिज्ञासा प्रत्यक्ष राख्न सक्ने र ती प्रश्नहरुमा सम्बन्धित स्वास्थ्यकर्मी वा विज्ञले जवाफ दिने कार्यक्रमका संयोजक एफएनजे यूकेका वरिष्ठ उपाध्यक्ष दिनेश परियारले जानकारी दिए ।
कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टले आक्रान्त बनाइरहेका बेला शुरु हुन लागेको कार्यक्रम बेलायतवासी नेपालीहरुको लागि सहयोगी बन्ने आशा शाखाले लिएको छ ।
कार्यक्रमको पहिलो अंक आगामी आइतबार दिउँसो २ बजे कोरोना महामारीको पछिल्लो अवस्था र ओमिक्रोन भेरियन्टको जोखिमलगायतका विषयहरुमा केन्द्रित रहने जनाइएको छ । कार्यक्रममा कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा सुधीर लोहनी, नेप्लिज डक्टर्स् एशोसिएसन यूकेका अध्यक्ष एवम् कन्सल्टेन्ट सर्जन डा कमल अर्याल र नेप्लिज नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष एवम् सिनियर नर्स सुनिता गौतम सहभागी हुँदैछन् ।
एफएनजे यूके शाखाले कार्यक्रममार्फत् स्वास्थ्य सूचना, जानकारीका साथै आफूलाई आवश्यक सल्लाह र परामर्शको लाभ लिन बेलायतस्थित नेपाली समुदायलाई आह्वान गरेको छ । शाखाले यसअघि गत वर्ष पनि नेप्लिज डक्टर्स एशोसिएसन यूके र नेप्लिज नर्सिङ एसोसिएशन यूकेलगायतको सहकार्यमा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण