लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको स्वास्थ्य सचेतना कार्यक्रम यही आइतबारदेखि शुरु हुने भएको छ ।
कोरोना महामारीको बेला बेलायतको नेपाली समुदायलाई आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको शाखाले जनाएको छ।
नेप्लिज डक्टर्स एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोशिएशन यूके समेतको सहकार्य रहने कार्यक्रम पाक्षिक रुपमा (हरेक पन्ध्र दिनमा) सञ्चालन गरिनेछ । कार्यक्रममा बेलायतमा कार्यरत डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी र जनस्वास्थ्य विज्ञहरुलाई निम्त्याएर प्रत्यक्ष प्रश्नोत्तर गराइनेछ।
भर्चुअल माध्यमबाट चलाइने कार्यक्रम एफएनजे यूकेको अफिसियल फेसबुक पेजका साथै बेलायतस्थित प्रमुख नेपाली मिडियाबाट प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रम हेर्ने दर्शकले स्वास्थ्यसम्बन्धी आफ्ना कुनै पनि प्रश्न वा जिज्ञासा प्रत्यक्ष राख्न सक्ने र ती प्रश्नहरुमा सम्बन्धित स्वास्थ्यकर्मी वा विज्ञले जवाफ दिने कार्यक्रमका संयोजक एफएनजे यूकेका वरिष्ठ उपाध्यक्ष दिनेश परियारले जानकारी दिए ।
कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टले आक्रान्त बनाइरहेका बेला शुरु हुन लागेको कार्यक्रम बेलायतवासी नेपालीहरुको लागि सहयोगी बन्ने आशा शाखाले लिएको छ ।
कार्यक्रमको पहिलो अंक आगामी आइतबार दिउँसो २ बजे कोरोना महामारीको पछिल्लो अवस्था र ओमिक्रोन भेरियन्टको जोखिमलगायतका विषयहरुमा केन्द्रित रहने जनाइएको छ । कार्यक्रममा कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा सुधीर लोहनी, नेप्लिज डक्टर्स् एशोसिएसन यूकेका अध्यक्ष एवम् कन्सल्टेन्ट सर्जन डा कमल अर्याल र नेप्लिज नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष एवम् सिनियर नर्स सुनिता गौतम सहभागी हुँदैछन् ।
एफएनजे यूके शाखाले कार्यक्रममार्फत् स्वास्थ्य सूचना, जानकारीका साथै आफूलाई आवश्यक सल्लाह र परामर्शको लाभ लिन बेलायतस्थित नेपाली समुदायलाई आह्वान गरेको छ । शाखाले यसअघि गत वर्ष पनि नेप्लिज डक्टर्स एशोसिएसन यूके र नेप्लिज नर्सिङ एसोसिएशन यूकेलगायतको सहकार्यमा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’