काठमाडौँ । सरकारले पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नगेटिभ भएका कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी नेपाल भित्रन अनुमति दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले मन्त्रिपरिषद्को यही पुस ९ सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी आदेश संशोधनका सम्बन्धमा बैठकको निर्णय कार्यान्वयनका लागि मातहतका निकायलाई लेखेको पत्रमा सो कुरा उल्लेख छ । नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्टवाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नगेटिभ भएकालाई उक्त अनुमति दिने निर्णय गरेको हो ।
खोपको मात्र पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने तथा परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशनमा पठाउन पनि पत्रमा भनिएको छ । सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई भरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश दिन पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।
खोपको मात्र पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक वा अफिसियल पासपोर्टबाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्न पनि पत्रमा भनिएको छ ।
पत्रमा परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउन भनिएको छ । सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटल क्वारेन्टिन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिन निर्देशन दिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग