काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको सङ्ख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो ।
शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने भएको छ । पछिल्लो पटक माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?