
विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) १६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष पदमा सात मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी हुनुभएको छ । उहाँहरु क्रमशः १२०, ११३ र १११ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, सचिवमा गणेश उप्रेती १४८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत प्राप्त गनुभयो । तीन जना सहसचिव पदमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुङ्गाना ९५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने कोषाध्यक्षमा रेवतराज पुरी (गगन)ले ९३ मत प्राप्त गरी विजयी हासिल गर्नुभयो । उहाँका निकटतम प्रतिस्पधि बन्दना झाँगडले ५७ मत प्राप्त गर्नुभएको थियो ।
नौ पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । गत मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो