
विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) १६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष पदमा सात मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी हुनुभएको छ । उहाँहरु क्रमशः १२०, ११३ र १११ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, सचिवमा गणेश उप्रेती १४८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत प्राप्त गनुभयो । तीन जना सहसचिव पदमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुङ्गाना ९५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने कोषाध्यक्षमा रेवतराज पुरी (गगन)ले ९३ मत प्राप्त गरी विजयी हासिल गर्नुभयो । उहाँका निकटतम प्रतिस्पधि बन्दना झाँगडले ५७ मत प्राप्त गर्नुभएको थियो ।
नौ पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । गत मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?