काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्य पदमा फोर्ब्समा सूचीकृत उद्योगपति विनोद चौधरी पनि निर्वाचित भएका छन् ।
मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था वैधानिक प्रावधानअनुसार अजय चौरसिया दुई हजार ५२२ ,विनोद चौधरी दुई हजार २०६ ,चन्द्रमोहन यादव दुई हजार १३८ ,महेन्द्रकुमार राय एक हजार ९८४ र दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
नव निर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुन् भने चन्द्रमोहन भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका छोरा हुन् ।
यसैगरी मधेशी महिलातर्फ मुक्ताकुमारी यादव तीन हजार ९६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी हुनुभएको समितिले जनाएको छ ।
गत मङ्सिर २७ गते पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ । समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा