
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ कवि तथा गजलकार बुँद राना (लोकबहादुर राना) लाई प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली कविता काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका भैरहवाका रानालाई मङ्सिर २४ गते बसेको प्राज्ञ परिषद्को ३८ औँ बैठकले पुस १ गतेदेखि लागु हुने गरी आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । बैठकले सोही मितिदेखि रानालाई आजीवन सदस्यले पाउने नियमानुसारको मासिक आजीवन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
आजीवन सदस्य आनन्ददेव भट्टको निधनपश्चात् रिक्त हुन आएको एक आजीवन सदस्य पदका निम्ति उपयुक्त, योग्यतम र वरिष्ठतम साधकको छनोट गरी सिफारिस गर्न गठित उपकुलपति डा. जगमान गुरुङ संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल र माया ठकुरी सदस्य रहेको सिफारिस समितिको सिफारिसका आधारमा प्राज्ञ परिषद्को बैठकले रानालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?