काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य खुला महिलातर्फ देउवा पक्षको वर्चस्व देखिएको छ । सोमबार साँझ सकिएको मतगणनामा महिला खुलातर्फ निर्वाचित नौ जना केन्द्रीय सदस्यमध्ये देउवा पक्षबाट आठ जना निर्वाचित भएका छन् । इतर समूहबाट सरिता प्रसाइँ एक जना मात्र निर्वाचित भएका छन् ।
निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालका अनुसार निर्वाचित हुनेमा डा.डिला पन्त संग्रौलाले २८ सय २५, पुष्पा भुसालले २७ सय १८ र डा. आरजु राणा देउवाले २५ सय ३५ मत प्राप्त गर्नुभएको जानकारी दिनुभयो ।
यसैगरी, अम्बिका बस्नेतले २३ सय ३९, ईश्वरी न्यौपानेले २२ सय ५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइरलाले १८ सय ५८, सुशीला ढकालले १८ सय १४ र रंगमती शाहीले १७ सय ८९ मत प्राप्त गर्नुभएको छ ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै