चिलीमा ३५ वर्षीय विद्यार्थी बने राष्ट्रपति

सान्टीयागो । ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित हुुनु भएको हो । कूल मतको ५६ प्रतिशत मत पाएर उहाँ निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।

उहाँका प्रतिद्धन्द्धी तथा पुरातनवादी पार्टीका नेता जोस एन्टेनियो कास्टले भने ४४ प्रतिशत मात्रै मत पाउनु भएको थियो । उहाँहरुका बीचमा १२ प्रतिशत मत अन्तर थियो । विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११/१२ मा विद्यार्थीहरुले गरेको आन्दोलनमा उहाँ मुख्य आन्दोलनकारी हुनुहुन्थ्यो ।
त्यसपछि सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उहाँले स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गर्नु भएको थियो ।

त्यसैगरी सन् २०१७ मा पनि उहाँ सबैभन्दा धेरै मतसहित विजयी हुनुभएको थियो । अहिले फेरि सरकारबिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीय निर्वाचन भएको हो । निर्वाचनका बेलामा आफू निर्वाचित भएमा चिलीमा स्थिर अर्थव्यबस्था अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री