काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ ।
बुधबार बसेको फुलकोर्टले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोलाप्रथा अपनाउने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहभागी नभएको न्यायाधीशहरुको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू भइसकेको छ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गर्दै त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न निर्देशन दिएको हो । गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्न निर्देशिका तयार पार्न फुल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा अदालतका विकृति हटाउन गोलाप्रथाबाट पेसी तोक्न सुझाव दिइएको थियो । तर प्रधानन्यायाधीश राणाले त्यसको कार्यान्वयन गरेका थिएनन् । राणाविरुद्ध आन्दोलन चर्कदै जाँदा सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्न थालिएको थियो ।
तर उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथाको माग गर्दै आन्दोन जारी रहँदा उक्त निर्णय कार्यान्वय गर्ने निर्णय भएको हो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार